पोखरामा प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुँदै, रनिङ्ग शिल्ड सार्वजनिक

पाेखरा | असार २३, २०८०

पोखरामा प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुँदै, रनिङ्ग शिल्ड सार्वजनिक

पोखरा:    खेलकुद विकास मञ्च पोखराको आयोजनामा आगामी शुक्रबार र शनिबार स्व. याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । 


पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिताको आयोजना गरिएको हो । पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको शनिबार आयोजित रनिङ्ग शिल्ड सार्वजानिक तथा पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विक्रम थापाले जानकारी दिए ।


वडाबाट प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको थापाले बताए । खेलकुद र सामाजिक कार्य गर्नका लागि २०७९ सालमा स्थापना भएको मञ्चले आगामी दिनमा समेत खेलकुद र सामाजिक कार्यलाई निरन्तर अघि बढाउने उनले सुनाए । मञ्चले फुटसल मात्रै नभई आगामी दिनमा अन्य खेल प्रतियोगिताहरुको समेत आयोजना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 


यस्तै दुई दिनसम्म हुने प्रतियोगिताको तयारी तिब्र चलिरहेको खेल संयोजक विकिता तामाङले जानकारी दिइन् । उनले प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिइन् । प्रतियोगिताको उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 


प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयीमान खेलाडी र अनुशासित टिमले आकर्षक ट्रफि हात पार्ने उनले जानकारी दिइन् । प्रतियोगितामा असार २८ गतेसम्म टिम दर्ता गर्न पाइने छ । टिम दर्ता शुल्क चार हजार पाँच सय रुपैयाँ तोकिएको तामाङले बताइन् ।  प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहने विश्वास गरिएको छ । 


प्रतियोगितालाई फुड स्टेसन जापान मुख्य प्रायोजन गरेको छ भने विभिन्न व्यवसायी तथा समाजसेवीले सहयोग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठले खेलकुद पत्रकार मञ्च खेलकुदको क्षेत्रमा अहोरात्र खटिरहेको सुनाउँदै मञ्चको तर्फबाट गर्नसक्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले कुनै पनि कार्यक्रम गर्दा धेरै बाधा अवरोध आउने र त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उक्त पत्रकार सम्मेलनमा ढुंगेखोला टोल विकास समितिका अध्यक्ष विश्वनाथ पौडेल, व्यवसायी तथा पोखरा उद्योग वाणिज्य संघका सदस्य लिला चपाईँ लगायतको उपस्थिति रहेको थियो ।

पोखरा ।   जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्धा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री घुस लिएको आरोपमा पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले...

थप पढ्नुहोस्

पोखरा ।  गण्डकी प्रदेश सरकारले महामारी र संक्रामक रोग व्यवस्थापनका लागि ५ करोड रुपैयाँको आपतकालीन कोष स्थापना गर्ने निर्णय गरेको छ ।   मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ‘आपतकालीन स्...

थप पढ्नुहोस्

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र  अल जजिराले उद्धृत गरे अनुसार दक्षिणी लेबनानमा भएको पछिल्लो इजरायली आक्रमणमा एक पत्रकारसहित पाँच जनाको मृत्यु भएको छ ।   रिपोर्टका अनुसार, सुरुमा द...

थप पढ्नुहोस्